दफा ८८
बाटो इजाजतपत्रको प्रतिलिपि दिने
(१) बाटो इजाजतपत्र हराएमा, च्यातिएमा, झुत्रो भई नबुझिने भएमा वा अन्य कुनै कारणबाट नासिएमा सो भए गरेको मितिले सात दिनभित्र सवारी धनी वा व्यवस्थापकले बाटो इजाजतपत्रको प्रतिलिपिको लागि तोकिएको ढाँचामा तोकिएको दस्तुर समेत संलग्न राखी सम्बन्धित अधिकार प्राप्त अधिकारी समक्ष दरखास्त दिनु पर्छ ।
(२) उपदफा (१) बमोजिम परेको दरखास्त उपर अधिकार प्राप्त अधिकारीले आवश्यक जाँचबुझ गरी ब्यहोरा ठीक देखेमा दरखास्तवालालाई बाटो इजाजतपत्रको प्रतिलिपि दिनेछ ।
(३) उपदफा (२) बमोजिम बाटो इजाजतपत्रको प्रतिलिपि जारी गरेको सूचना अधिकार प्राप्त अधिकारीले सम्बन्धित प्रहरी कार्यालयलाई दिनेछ ।